२०८३ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपुरमा अटो दुर्घटना ः चालकको मृत्यु

तुलसीपुर, मंसिर १९ । तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ पुकार पसल नजिकै रा १ ह २९११ नम्बरको अटो दुर्घटना हुँदा स्थानीय ३५ बर्षीय गंगाराम डाँगीको मृत्यु भएको छ ।

तुलसीपुर–सितलपुर सडक खण्ड अन्तरगत पुकार पसल नेर अटो अनियन्त्रित भइ खनेको नालामा दुर्घटनामा परेको र त्यसैले च्यापिएका डाँगीको उद्धार गरि राप्ती प्रादेशिक अस्पताल पु¥याएको केही बेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले फरककोणलाई जानकारी दिए ।

प्रहरीले शनिबार राति ११ बजे दुर्घटनाबारे सुचना पाएको र अस्पताल पु¥याएको एक घन्टा भित्रै घाइते डाँगीको उपचारका क्रममा मृत्यु भएको डिएसपी अर्यालले बताए ।

तुलसीपुर–सितलपुर सडक खण्ड ठाउँ÷ठाउँमा भत्किएर जिर्ण बनेको हुँदा हाल सडक मर्मत तथा कालोपत्रको काम चलिरहेको छ । त्यसैका लागि पुकार पसल नजिकपनि ह्यु्मपाईप राख्न वाइपास निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *