२०८२ चैत्र १ गते आइतवार

अहिले नै तुलसीपुरमा कुनै मेला महोत्सव लगाउनु सान्दर्भिक छैन – तुलसीपुर बाणिज्य संघ

तुलसीपुर, मंसिर १९ । ब्यापारीहरुको छाता संगठन तुलसीपुर उद्योग बाणिज्य संघले अहिलेको सन्दर्भमा तुलसीपुरमा कुनैपनि मेला महोत्सव लगाउनु सान्दर्भिक नभएको धारणा ब्यक्त गरेको छ ।


बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे र महासचिव बिनिल केसीले आइतबार संयुक्त बिज्ञप्ति मार्फत अधिकांश ब्यबसायीहरुको बिरोधमा उत्रिएको हुँदा तत्कालका लागि बिभिन्न संघ संगठनहरुले मेला महोत्सव लगाउन खोज्नु सान्दर्भिक नभएको उल्लेख गरेका छन् ।


कोरोना भाइरसको असरका कारण प्रत्यक्ष मार खेपी रहेका ब्यबसायीलाई आर्थिक कारोबार गर्ने उपयुक्त सिजन सुरु हुनै लाग्दा सरोकारवालाहरु संग कुनै परामर्ष नगरी मेला महोत्सवको आयोजना गरिनु सही नभएको उनीहरुले तर्क गरेका छन् ।


कोरोना भाइरसको तेस्रो नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमनको त्रास बढी रहेको समयमा उद्योग बाणिज्य संघले पनि मेला महोत्सव नलगाउने र अरुले पनि लगाउन नहुने जारी बिज्ञप्तिमा उल्लेख छ ।


बाणिज्य संघ ब्यबसायीको हकहित र मर्म अनुसार संधै साथसाथै यात्रा गर्न तयार रहेको भन्दै ब्यबसायीको सहमति तथा सहकार्य बिना मेला महोत्सव लगाउन नहुने अध्यक्ष चालिसे र महासचिव केसीले बिज्ञप्ति मार्फत आग्रहपनि गरेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *