२०८१ माघ ३० गते बुधवार

दंगिशरणमा काँग्रेसको माघी मिलन कार्यक्रम


देविराम कुसारी,
हेकुली, पुस २६ । नेपाली काँग्रेस ईकाइ समिति साविक हेकुलीले विहीवार बृहत् माघि मिलन कार्यक्रम गरेको छ । हेकुली सभापति शोभाखर न्यौपानेको अध्यक्षता तथा जिल्ला सभापति कीतिबहादुर खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रमका बक्ताहरुले स्थानीय तह वाट हुने गरेका माघी विशेष कार्यक्रममा वाईपास गरेको आरोप लगाए । चाड पर्व कसैको पनि पेवा नहुने हुँदा स्थानीय तहले थारु समुदायकै पनि काँग्रेस निकटलाई समावेस नगरेको उनीहरुको आरोप थियो । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति खड्काले सरकार स्वइच्छाचारी ढंगले चलेको हुँदा सुध्रिन माघिले प्रेरणा देवस भनी कामना गरे ।

वडा ईकाइ उपसभापति भिमसेन पुरीको स्वाागत मनतव्य वाट सुरु भएको कार्यक्रममा पुर्व सांसद गेहेन्द्र गिरी, बुद्धिराम भण्डारी, महासमिति सदस्य शंकर गिरी लगाएतले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई दंगिशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्का, क्षेत्रीय सभापति जगतबहादुर खड्का, कार्वहाक सभापति घनश्याम ढकाल, महासमिति सदस्य केशब आचार्य, खिमप्रशाद खराल, श्याम रेग्मी, पुर्व जिल्ला विकास सभापति भरत केसी लगाएतले सम्वोधन गरेका थिए ।

त्यस्तै कार्यक्रमलाई नेविसंघका वुर्व केन्द्रीय उपाध्यक्ष प्रदिप खड्का, तरुणदल पुर्व केन्द्रीय सदस्य सुर्यप्रकास राणा, जिल्ला अध्यक्ष टीका घर्ती, पुर्व जिल्ला सदस्य यज्ञनारायण आचार्य, किसानसंघका कृष्ण न्यौपाने, गोलटाकुरी सभापति प्रकाशमान वली लगाएले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *