२०८३ असोज २६ गते सोमवार

तुलसीपुर खानेपानीको निर्वाचन पुस १७ गते तोकियो

बिनोद शर्माको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन

तुलसीपुर,मंसिर १४ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चुन्नका लागि पुस १७ गते निर्वाचनको मिति तोकिएको छ ।

संस्थाको मंगलवार भएको १६ औँ परिषद भेला तथा ११औँ अधिवेशनको बन्द शत्रले मंसिर २१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्णय सार्वजनिक गरेको छ ।

परिषद भेलामा संस्थाका तत्कालिन अध्यक्ष खेमराज वली,उपाध्यक्ष गिरिधारी प्रसाद पौडेल भने अनुपस्थित थिए । जेष्ठ पार्षद जसिराम खड्काको अध्यक्षतामा पार्षद भेला गरिएको हो ।
भेलाले आर्थिक प्रतिवेदन पारित गर्न संस्थाका सल्लाहाकार बिनोद शर्माको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा ललितजगं शाह, केएल भण्डारी, इश्वरी गैरे र गोपाल रावत रहेका छन् ।
समितिले आर्थिक, प्रशासनिक, कर्मचारी नियमावली सम्बन्धी छानविन गर्ने अख्तियारी पाएको छ । त्यस्तै भेलाले यसअघि नै गठन गरिएको अधिबक्ता मोहन धितालको निर्वाचन समितिलाई निरन्तरता दिने निणर्य पनि पारित गरेको छ ।

संस्थाको निर्वाचनमा सहभागी हुन चाहाने उपभोक्ताले साउन मसान्तदेखिको बाँकही महशुल बुझाउनु पर्ने प्राबधान राखिएको छ ।

परिषद भेलामा पार्षदहरु ललितजंग शाह, जनकप्रसाद खराल, नारायण भण्डारी, यमुना शाह कंडेल लगाएतले तुलसीपुरवासीको साझा समस्यालाई निकास दिन खानेपानी भित्र निर्वाचनको बिकल्प नभएको बताएका थिए ।

खानेपानी संस्थाका कार्यसमिति सदस्य रञ्जन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष सिताराम शमाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका सचिव मनोज लामिछानेले प्रसासनिक प्रतिवेदन प्रस्तुत गरेका हुन ।

यसकारण रोकिएको थियो, गत फागुनमा तोकिएको निर्वाचन

यसअघि गत फागुनमा संस्थाकै पूर्व कर्मचारी यमुना शाह (कँडेल) ले अदालतमा दिएको रिटका कारण खानेपानीको अधिबेशन स्थगित हुन पुगेको थियो ।

बन्दसत्र नै नगरी खानेपानीमा निर्वाचन गराउन खोजेको हुँदा अनियमितताको आशंका गर्दै शाहले अदालतमा रिट दायर गरेकी थिइन ।
सोही रिटका आधारमा उच्च अदालतले अन्तरिम आदेश मार्फत तत्कालका लागि निर्वाचन प्रक्रियाका गतिबिधि रोक्न आदेश गरेको थियो ।
त्यही भएर तत्कालिन अध्यक्ष खेमराज वलीले फागुन २२ गतेका लागि निर्वाचन रोकिएको थियो ।
त्यस्को झन्डै पाँच महिना पछि काम गर्ने वातावरण नभएको भन्दै अध्यक्ष वलीले पत्रकार सम्मेलन गरि आँफुले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । खाने पानीका निर्वाचित पदाधिकारीको म्याद गुर्जी सकेको र काम गर्ने वातावरण नभएको भन्दै अध्यक्ष वलीले संस्थाको पुरै कार्यसमिति नै अबैध बन्न पुगेको भन्दै खारेज भएको दाबी समेत गरेका थिए ।

तर, त्यसको हप्ता दिन भित्रै वली बाहेकका संस्थाका सम्पूर्ण पदाधिकारीहरुले पत्रकार सम्मेलन मार्फत कार्यसमिति जिवितै रहेको र बिशम परिस्थितिमा संस्था छोडेर जाँदा थप संकट आइलाग्ने भन्दै संस्था जोगाउन आवश्यक रहेको बताएका थिए ।

त्यतिखेर संस्था भित्र उत्पन्न किचलो र अदालतको आदेशले संस्थाको दैनिक प्रशासन तथा कामकाज समेत ठप्प हुने अवस्था सृजना भएको थियो । त्यसपछि संस्थाका बहुमत कर्मचारीले स्थानीय प्रशासनमा निवदेन मार्फत उत्पन्न अप्ठेरो फुकाई दिन आग्रह गरेका थिए । सोही पत्रका आधारमा तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले संस्थाका लेखा प्रमुख र कोषाध्यक्षलाई दैनिक प्रशासन संचालन गर्न तथा कर्मचारीलाई तलब खुवाउन ती दुई जनालाई अख्तियारी प्रदान गरेपछि दसैंमा कर्मचारीले तवल पाएका थिए ।

याबत समस्याहरु सुल्झाउन कात्तिक २५ गते उच्च अदाल तुलसीपुरको आदेशले गर्दापनि खानेपानी संस्थालाई सहज भएको हो ।
अदालतले संस्थाको नाममा नाममा पत्रचार गर्दै मंसिर २५ गते भित्रै निर्वाचन हुने वातावरण सुनिश्चित गरेको थियो ।
त्यसैका आधारमा संस्थाले मंगलवार पार्षदहरुको उपस्थितिमा भेला सम्पन्न गरेको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *