
देउखुरी, मंसिर १४ । समाजमा लैङ्गिक हिंसा अन्त गर्न भन्दै राप्ती गाउँपालिकाले श्रीमान श्रीमतिलाई समविकास तालिम सुरु गरेको छ ।
मंगलवार लैङ्गिक हिंसामा परेका र प्रभावितहरुको सहभागितामा जोडी सचेतना अभियान अन्तरगत समविकास तालिमको आयोजना गरिएको हो ।
तालिममा १८ जोडी सहभागि छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जीसीले हिंसाका नकारात्मक प्रभावका वारेमा सचेतना फैलाउन तालिम आयोजना गरिएको बताइन ।
गाउँपालिका संग समन्वयमा राप्ती क्षेत्रमा विभिन्न उदेश्य लिएर काम गर्दै आएको आधा दर्जन संघ संस्थाले लैङ्गिक हिंसा विरुद्धको अभियानमा एक्यबद्धता जनाउदै सहकार्य गरिरहेको उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बताइन ।
राप्ती गाउँपालिका क्षेत्रमा नेपाल ग्रामिण पुन निर्माण संस्थाले महिला समुह निर्माण गरि सशत्तिकरण गर्नेकाम गर्दै आएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्न सरोकारवालाहरु संग सहकार्य गर्दै आएको संयोजक दिपक बोहराले बताए ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत पर्चा पम्पलेट टाँस्नेदेखि रेडियो, टेलिभिजनबाट सूचना प्रशारण, माईकिङ मार्फत सचेतना सन्देश प्रवाह गर्दै आएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत पालिका भरिका कार्यालय, संघ संस्थाले प्राथमिकतामा राखेर सचेतना अभियान सञ्चालन गर्न गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आब्हान गरेका छन् ।