२०८३ भाद्र १२ गते शुक्रवार

माओवादी केन्द्रका नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार

काठमाडौं,मंसिर १३ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । पुनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको बताएकी हुन् ।

गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लगेर सोही दिनबाट पुनको उपचार सुरु गरिएको थियो ।

पुन जण्डिससँग सम्बन्धित एकप्रकारको दुर्लभ रोगबाट पीडित छन् । चीनमा उनको उपचार गर्न तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् ।

पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा समेत घटेर १८ मा झरेको छ । यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो ।

बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *