२०८२ चैत्र २ गते सोमवार

आउने सोमवारदेखि मात्रै मौसम खुल्ने अनुमान

काठमाण्डौ,मंसिर ११ । आउने सोमवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

आज र भोलि पनि देशभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कतैकतै घामको किरण जमिनको सतहमा केही समय देखिए पनि मौसम पूर्ण खुल्ने सम्भावना भने नभएको मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार अहिले सबैजसो उपत्यका र तराईका धेरैजसो ठाउँमा बाक्लो तुवाँलो लागेको छ ।

न्यूनतम तापक्रम खासै नघटेको भए पनि अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको छ ।

यस्तै पानी पार्ने न्यूनचापीय प्रणाली विकसित भइरहेकाले आज राति भने प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *