२०८३ भाद्र १२ गते शुक्रवार

सर्वोच्चमा नेपाल बारको आन्दोलन आजपनि जारी

काठमाडौं,मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित नेपाल बार एसोसिएसनले आजपनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ।

नेपाल बार एसोसिएसनमा आवद्ध कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशविरुद्ध कालोपट्टि बाँधेर विरोध जनाएका छन्। उनीहरुले जबराको राजीनामा माग गर्दै दिनहुँ सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै आएका छन्।

उनीहरुले आफ्नो माग न्यायिक शुद्धीकरणका लागि भन्दै प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाइसकेको छ।

प्रधानन्यायाधीश जबराले न्यायिक क्षेत्रमा भ्रष्टार बढाएको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायत आरोप लगाउँदै कानुन व्यवसायीहरु करिब ४ हप्तादेखि आन्दोलित छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *