दाङ, मंसिर ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रग्यास हानेको छ ।
मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसको टिनमा कसैले ढुँगा हानेपनि तनाब सिृजना भएपछि स्थिति नियन्त्रणमा लिन दुई राउन्ड अश्रग्यास हान्नु परेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी मुकुन्द रिजालले फरककोणलाई जानकारी दिए ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले दुई काँग्रेसका दुई पक्षका कार्यकर्ता प्रदर्शनले उग्ररुप लिन थालेपछि बाध्य भएर दुई राउन्ड अश्रग्यास हान्नु परेको जानकारी दिए ।
झडपका क्रममा दुईजना प्रहरी सहित ७जना घाईते भएका छन। प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाईते छ्न। काँग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० बर्षीय कमल घर्ती , नौबहिनी ६ का २६ बर्षीय कुंवर पुन, २३ बर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका ७ का खेमराज पण्डित उक्त झडपमा परि घाइते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि प्युठान जिलला अस्पताल बिजुवार लगिएको छ ।
मतगणनाको क्रममा संस्थापन इतर पक्षधर बिष्णुकुमार गिरीले अग्रता लिएका थिए ।
त्यही क्रममा कसैले टिनमा ढुँगा हानेपछि बिबाद चर्किएको थियो ।
संस्थापन पक्षधर शिव रिजाल सभापतिका ब्यक्तिले ढुँगा मुढा सुरु गरेको अर्कौ पक्षले आरोप लगाएको छ ।
खसेको कुल १०६५ मत मध्ये एक हजार मत गणना भइ सकेको थियो । गिरी ६६ मतले अघि थिए । अब जम्मा ६५ मत गणना हुन बाँकी छ। त्यही बीचमा गिरी पक्षका विजयी घोषणा गरि खुशी मनाउन थालेपछि रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गर्न थालेपछि बिबाद चुलिएको थियो ।
अहिले घटना नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।