दाङ, मंसिर ७ । मंसिर ४ गते नेकपा माओबादी केन्द्रले दाङसहित देशब्यापी रुपमा वडा अधिबेशन ग¥यो । उस्ले निर्वाचन प्रक्रिया अपनाएर वडामा नेतृत्व चुनको यो पहिलो पटक हो ।
माओबादीको पहिलो वडा अधिबेशन हेर्न कान्तिपुर टिभीका सम्बाददाता पहलमान घर्ती र म तुलसीपुर उपमाहनगरपालिका वडा नं. ५ स्थित प्रगती टोलमा पुग्यौं । वडा अधिबेशन भइरहेको स्थान पत्ता लगाउन नसकेर मैले तुलसीपुर नगर इञ्चार्ज खुसीराम चौधरीलाई फोन गरि ठाउँ पत्ता लगाए । तुलसीपुर बजारको केन्द्र भाग वडा नं। ५ हो । जहाँ मुख्य बजार अवस्थित छ ।
अधिबेशन स्थल पुग्दा बाहिर पर्खाल र गेटमा आधा दर्जन झण्डाहरु टाँगीएका थिए । त्यसबाट अधिबेशन स्थल पहिचान गर्न सहज भयो । बाहिर बाट नियाल्दा भित्र स–साना कोठामा मानिसहरु लगभग चुपचाप बसिरहेका देखिन्थे ।
अनुमति लिएर हामी भित्र प्रबेश ग¥यौं । त्यहाँ बढीमा दुई दर्जन जति मानिसहरु थिए । वडा कमिटीमा बस्न ठिक्क पुग्ने जति ।
वडा अध्यक्ष बेदप्रकाश वलीसंग हामी केही बेर गफियौं । चुनावी प्रक्रिया बारे कुरा भयो । उनले निर्वाचन नहुने र सर्वसम्मत वडा कमिटी चयन गरिने निस्कर्ष सुनाए ।
फेरि आफु नै वडा कमिटी वडाध्यक्ष बन्ने र आफ्नो बिकल्प वडामा कोही नभएको दाबी उनको थियो । त्यही क्रममा एक युवा हामी नजिक आइपुगे । ‘हामो त यस्तै फासफुस हो । पहिलै लिस्ट तयार हुन्छ,’उनले अगाडि भने ‘ साँच्चै चुनाव गर्ने त काँग्रेस मात्र रहेछ ।’ ती युवाको कुरा सुनेर वडाध्यक्ष वलीले उनलाई चुप लाग्न इशारा गरे । अनि ती युवा त्यहाँ बाट हिडे ।
केही समय अघि मात्र नेकपा एमालेको वडा र पालिका अधिबेशनपनि त्यसैगरी फासफुस भयो । प्रतिपर्धा कतै भएको थाहाँ भएन । सबैतिर सर्वसम्मत । अलरेडी लिष्ट तयार । राष्ट्रिय अधिबेशन प्रतिनिधिपनि छनोट गर्दापनि त्यसै भयो । शिर्ष नेताहरुको जिल्ला कमिटीको मिटिङले नामहरु तया ग¥यो । ती नाहरु नै प्रतिनिधिका रुपमा सिफारिस गरेर पठाइयो ।
नाम लिष्ट सार्वजनिक भएपछि मात्रै को को ? प्रतिनिधिका लागि छनौट भए ? भन्ने कुरा पत्ता लाग्यो ।
जवकी नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तगर यसअघि भएका वडा अधिबेशन हुन वा पालिका अधिबेशन त्यहाँ बेग्लै स्थिति थियो । ब्यापक चहल पहल र प्रचार प्रशार भएको थियो । आम निर्वाचनको झझल्को दिने गरि गाउँ टोल पुरै चुनाब मय बनेका थिए । नेताहरु समर्थकका साथ मोटर गाडी लगेर गाउँ टोलमा दौडिएका देखिन्थे ।
काँग्रेसमा नेतृत्व हत्याउन प्यानल नै खडी गरि उम्मेदवारहरु मैदानमा उत्रिएका थिए । त्यसले पार्टी भित्रकै नेतृत्व चुन्ने प्रक्रिया पनि आम निर्वाचन जस्तै बन्न पुगेको देखिन्थ्यो ।
काँग्रेस वडा होस वा पालिवका अधिबेशन, निर्वाचनको एक दुई दिन अगाडि नै बजार चलायमान भयो । स्थानीय होटेलहरु भरिभराउ भए ।
नेतृत्व चुन्न मतदान भयो । काँग्रेस भित्र पूर्व सभापति र पूर्व माननिय पनि वडा क्षेत्रीय प्रतिनिधिका लागि मैदानमा भिड्नु प¥यो । मतदानबाट धेरै युवा युवति नेतृत्वमा आउन सफल भए ।
माओबादीको वडा अधिबेशन भइ रहेकै समयमा मंसिर ४ गते त्यसको एकाध किलोमिटरको दुरीमा नेपाली काँग्रेसको प्रदेश अधिबेशन थियो । दोघरीस्थित तुलसीपुर उद्योग बाणिज्य संघको सभाहल क्षेत्रमा उक्त दिन मानिसहरुको बाक्लो जमघट थियो । सभास्थलमा छुट्टै उल्लास र उत्साह थियो । ठूला ठूला प्रचार सामाग्री, पम्पिलेट, ब्यानरहरु टाँगिएका थिए । उम्मेदवार र तीनका समर्थकहरुले छाति, पिठ्यूमा प्रचार सामाग्री ढपक्कै टाँगेका थिए । मतदान स्थलको आसपासमा दुबै प्यानलका छुट्टा छुट्टै त्रिपाल लागेका थिए । जहाँ मेस पनि चलिरहेको थियो ।
निकै तामझामा थियो ? यति धेरै फजुल खर्चको ब्यबस्थापन उम्मेदवारहरुले कसरी गर्छन होला ? वडा र पालिका अधिबेशनका दृष्यहरु पनि यो भन्दा कम्ता थिएनन् । वडा क्षेत्रीय प्रतिनिधिका उम्मेदवारले समेत लाखौं खर्च गरेको यर्थात बाहिरिएको छ । मतदाता आर्कषित गर्न गरिने खर्च पछि कसरी ब्यबस्थापन गर्छन होला ? यी अनुउत्तरित प्रश्नहरु हुन ।
पार्टी भित्र यस्तै अवस्था कायमै रहे गरिब चुनाबमा सहभागी कसरी बन्लान ? आफुलाई लोकतान्त्रिको जननी ठान्ने पार्टीमा धनिहरुले मात्रै निर्वाचनमा भाग लिन सक्ने परिस्थिति सृजना गर्न खोज्नु सही हैन ।
गरिब वर्ग राजनीतिबाट विस्थापित हुने खतरा उत्पन्न हुने अधिबेशन स्थलमै भेटिएका युवा नेता युवराज खड्काले स्वीकार गरे ।
‘अब यस्तै अवस्था कायमै रहे गरिबले राजनीति नगरे हुन्छ,’ उनले भने ‘कि मनोनित हुन सक्नु प¥यौ हैन भने गरिबलाई अब राजनीतिमा स्थान रहने छैन।’
अधिबेशन कुनैपनि संस्था वा पार्टीको लागि उत्सव हो । उत्सव बन्न सबै वर्ग, जात जाति र तप्काका मानिसहरु अटाउन सक्नु पर्छ । ‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष होला,’ खड्काले प्रश्न गर्दैै गरे ‘ तर, यही अवस्था कायमै रहे गरिब र दलित विना कसरी पार्टी समावेशी र लोकतान्त्रिक बन्न सक्छ ?’
काँग्रेस भित्रको अहिलेको परिस्थिति नियाल्दा अब धनिले मात्रै निर्वाचनमा भाग लिन सक्ने अबस्था उत्पन्न हुनुले बीपीको समाजबादको उपहास भइरहेको उनको कथन थियो ।
गरिब र मजदुर बिनाको पार्टी कसरी निर्माण हुन सक्छ ? उनको प्रश्नको जबाफ मैल दिन सकिन । म चुपचाप बसे ।
‘यदी गरिबले मेरो आज पाँच सय वा एक हजार ज्याला गुम्छ भन्दै भोट हाल्न नगए के हुन्छ,’उनले अगाडि भने ‘त्यस्तो भए राज्य र लोकतन्त्र भनेको जसरी हुन्छ धन संग्रह गरेकाहरुका लागि मात्रै हो भनेर बुझ्ने?’
बिप्लव नेकपाका बिकाश वलीले पनि काँग्रेसको तलैदेखि निर्वाचित भएर जान पद्यती निकै राम्रो भएपनि निर्वाचन खर्चिलो र भड्किलो हुँदा गरिब बर्ग उपेक्षित हुने गरेको बताउँछन् । आन्तरिक निर्वाचनलाई यति खर्चिलो बनाउनु भन्दापनि आफ्नो ऐजेण्डा प्रस्तुत गरि उम्मेदवार मैदानमा उत्रन सकेको भए फजुल खर्च नुहेन र सबै बर्गका मानिसहरु त्यसमा सहभागि बन्ने वातावरण बन्ने उनको बुझाई छ ।
नेकपा एमाले र माओबादी केन्द्रका स्थानीय नेताहरुले पनि काँग्रेसको आन्तरिक चुनाब निकै भड्किलो र खर्चिलो भएको हुँदा इमान्दार र गरिब नेता कार्यकर्ता चाहेरपनि निर्वाचनमा भिड्न हिम्मत गर्न नसक्ने स्थिति उत्पन्न भएको बताउँछन् ।
‘हाम्रो पार्टीमा लोकतन्त्रको खुबै नारा लगाइन्छ,तर ब्यबहारमा ठिक उल्टो छ,’ एमालेका एक नेताले भने ‘साँच्चि असली लोकतन्त्रको हकदार र पहरेदार त काँग्रेस मात्रै रहेछ ।’
काँग्रेसको वडा तह, पालिका र प्रदेश अधिबेशन हेर्दा इच्छा भएको जो कोही ब्यक्तिपनि उम्मेदवार बन्न पाउने सुन्दर पक्षको विकास गरिनु लोकतन्त्रको असली पक्ष भएको उनले तर्क गरे । उनले भने ‘ यर्थाथमा निर्वाचन काँग्रेसले मात्रै गरेर उदाहरण पेश गरेको सत्य हो।’
एमालेमा कात्तिक ६ गते एकै साथ देशै भर वडा अधिबेशन र कात्तिक ९ गते पालिका अधिबेशन भएको थियो । तर, कतैपनि निर्वाचन भएन । ‘हाम्रो पार्टीमा पहिलै लिष्ट तयार हुन्छ, अग्रज भनेर अरुलाई निषेध गरिन्छ,’ उनले भने ‘साँच्चि नै निर्वाचन गर्ने त काँग्रेस मात्रै रहेछ ।’
यो सवालमा नेकपा एमाले दाङका सचिवालय सदस्य पदम केसी फरक मत राख्छन् । उनले निर्वाचनमा जानु मात्रै लोकतान्त्रिक बिधि हो भनेर मान्न नसकिने बताए । काँग्रेसमा जस्तै आन्तरिक नेतृत्व चुन्न निर्वाचन गराइनुले तिक्तता बढ्ने हुँदा त्यसलाई सही मान्न नसकिने तर्क गरे । ‘ सर्वसम्मत गराउन नसक्नु काँग्रेसको सअक्षमतापनि मान्न सकिन्छ नि,’ उनले भने ‘ यसरी आपसमा भिड्दा पछि आम निर्वाचनमा हारेकाले अर्कौ पक्षलाई खुल्याउने खतरा काँग्रेसमा उत्पन्न हुने निश्चित छ ।’
पार्टी भित्रको आन्तरिक चुनावलाई खर्चिलो, भड्किलो बनाउनु भन्दा आपसी समझ्दारी कायम गर्न सकेको भए झनै सुन्दर हुने उनको बुझाई छ । तर, उनले यतिखेर एमाले चोईटिएको समयमा संकटपूर्ण अवस्थामा रहेको हुँदा आपसी समझ्दारी गरेर तलैबाट नेतृत्व चयन गरिनु उचित नै मान्नु पर्ने उनले तर्क गरे । ‘अहिले हामी अप्ठेरो अवस्थामा थियौं र त्यसलाई मध्यनजर गर्दै देशै भर पार्टीले ऐतिहासिक रुपमा सर्वसम्मत रुपमा नेतृत्व चुन्न चानचुने कुरा होइन,’ उनले भने ‘ यसले हाम्रो पार्टीलाई थप एक ढिक्का र मजबुत बनाउन भूमिका खेल्ने छ ।’
सर्वसम्मत रुपमा नेतृत्व चुन्दा युवाले स्थान पाएनन् भन्नु सही नभएको उनले बताए । ‘ म आँफैपनि युवा हुँ र हामी बसेर ब्यापक छलफल गरेर मात्रै समाबेशी रुपमा सर्वसम्मत नेतृत्व चयन गरेका हौं। युवादेखि अग्रज, महिला तथा जनजाति सबैलाई हामीले उचित सम्मान र स्थान दिएका छौं,’ उनले भने ।
नेकपा माओबादी केन्द्रकी अर्की एक महिला नेतृले पनि हरेक पार्टीमा भनिए जसरी महिलालाई स्थान नदिने प्रबृति रहेको हुँदा सर्वसम्मत नेतृत्व चुन्दा त्यसैलाई मलजल भएको गुनासो गरिन ।
‘कुनैपनि पार्टीमा टिके पर्थाको अन्त्य हुनु जरुरी छ,’ ती महिला नेतृले भनिन् ‘नेताको वरिपरी फन्को लगाउने, कहिलै संगठन निर्माणमा न लाग्ने र नेताको मात्रै चाकडी गर्नेहरु सर्लक्कै ल्याउने खेल कदापी राम्रो मान्न सकिन्न।’
यस्तो प्रबृतिले आगामी आम निर्वाचनमा पार्टीलाई ठूलो अप्ठेरो पर्न सक्ने उनको अनुमान छ ।
‘ पार्टीमा फरक मत राख्ने, चित्त नबुझेको कुराको बिरोध गर्ने पद्यति भए न आन्तरिक लोकतन्त्र मजबुत हुने हो,’ उनले भनिन् ‘ तर, कम्युनिष्ट पार्टीहरुमा बोल्ने र बिरोध गर्नेहरुलाई सिध्याउने तथा अबसरबाट बञ्चित गर्ने फोहरी खेल खेलिनु गलत हो ।’
उनले पनि काँग्रेसले वडा तहबाटै निर्वाचित भएर आउने बिधि अपनाएर लोकतन्त्रको जग पार्टी भित्र मजबुत बनाउँदै लगेको दाबी गरिन ।
तर, उनले काँग्रेस भित्र चुनाब भड्किलो बन्दै गरेको प्रति चिन्ता जाहेर गरिन ।
‘काँग्रेसको जस्तो खर्चिलो सैलीले सबै भन्दा बढी मर्कामा महिला बर्ग पर्ने छन्,’ उनले भनिन् ‘ महिला स्वभाबैले मितब्ययी हुन्छन् र घर मुली पुरुष भएको हुँदा उनीहरुसंग चुनावमा त्यसरी भिड्न पैंशापनि हुँदैन ।’ मजदुर, गरिब र मध्यबर्गिय मानिसको सहभागिता बिना कुनैपनि पार्टी मजबुत बन्ने नसक्ने हुँदा ती सबै अटाउने गरि अधिबेशनहरु गर्न काँग्रेसका शिर्ष नेताहरुले केन्द्रबाट नै बिधान परिमार्जन गरि भूमिका खेल्नु पर्ने उनको सुझाव थियो ।
दोघरेस्थित तुलसीपुर उद्योग बाणिज्य संघका शनिबार भएको नेपाली काँग्रेसको प्रदेश क्षेत्रीय अधिबेशन स्थल ।