२०८३ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपरका खड्कासहित २ युवा चितुवाको छालासहित पक्राउ परे


दाङ, मंसिर ६ । दाङ प्रहरीले चितुवाको छालासहित दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवाका ३१ बर्षीया महेन्द्र खड्का र राजपुर गाउँपालिका वडा नं. ६ का ३८ बर्षीय सुर्यबहादुर चौधरी रहेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा आइतबार राति ९ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
चौधरीले चलाएको ३ प २६६ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा पछाडि बसेका खड्काले समातेको झोलामा चितुवाको एक थान छाला बरामद भएको डिएसपी रिजालले जानकारी दिए ।
उनीहरु पूर्वबाट पश्चिम तर्फ आउँदै गर्दा पक्राउ परेका थिए ।
उनीहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *