२०८३ असार २८ गते आइतवार

खोलामा ढुँगा चोरी फर्किने क्रममा ट्याक्टरबाट लडेर घटनास्थलमै मृत्यु

दाङ,मंसिर ६ । शान्तिनगरका एक जना युवकको डुडिरहेको ट्याक्टरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।
शान्तिनगर गाउँपालिका वडा नं. २ का २२ बर्षीय लोकबहादुर वलीको गुडिरहेको ट्याक्टर बाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शान्तिनगर २ स्थित बहुला खोलामा आइतबार राति ८ बजेतिर लु ४ त ७७७१ नम्बरको ट्याक्टर लगेर वलीसहितको टिम ढुँगा चोर्न भनेर गएका थिए ।

ढँुगा लोड गरि घरतर्फ फर्कने क्रममा सोही ट्याक्टरमा लेबरी काम गर्ने वली ट्याक्टरबाट लड्न पुगेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । घटना पछि ट्याक्टर चालक फरार रहेको र प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *