दाङ, मंसिर २ । नेत्र बिक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तुलसीपुर र घोराहीमा गरि आठ बिगाहा क्षेत्रफलमा गरेको सामुहिक धान खेति भित्र्याएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मानपुर डोक्रेना घोराही उपमहानगरपालिका वडा नं. ९ ढिकपुरमा करिब आठ बिघा क्षेत्रफलमा बिप्लवका नेता कार्यकर्ताले आँफै सामुहिक धानखेती गरेका थिए ।
गत असारमा जिल्लामा उत्पादन बिभाग गठन गरेर बिभाग प्रमुख किरण डाँगीको नेतृत्वमा उस्का नेता कार्यकर्ताले खेतमा आँफै धान रोपेका थिए । त्यतिखेर रोपेको धान अहिले उनीहरुले आँफै धान काटेर सकेपछि भित्र्याइ रहेका छन् ।
नेता कार्यकता मिलेर आफुहरुले धान काटेपछि मेसिनको साहेताले धान दाएर भित्र्याएको उत्पादन बिभाग प्रमुख डाँगीले बताए ।
हाल धान भित्र्याउन नेकपा निकट जनबर्गिय संगठन मातहतका नेता÷कार्यकर्ताहरुले जमश्रमदान गरिरहेको बिभागका प्रमुख डाँगीले जानकारी दिए ।
अब फेरि आठ बिगाहा क्षेत्रफलमा मौसम अनुकुल अन्य खेतिपनि गर्ने तयारी भइरहेको डाँगीले बताए ।
नेकपा दाङले श्रम गर्ने संस्कृतिको बिकास गर्ने र सिंगो समाजलाई नै सामुहिक उत्पादनमा जोडेर कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ आफुहरुले सामुहिक धान खेति गरेको डाँगीले तर्क गरे ।
आफ्नो पार्टी नीति अनुरुप बिभिन्न जिल्लाहरुमा सामुहिक खेति गरिएको डाँगीले जानकारी दिए । उनले कतै पशुपालन, माछा पालन, अदुवा खेती, धान खेती लगाएतका खेती गरिरहेको बताए ।
तस्बिर–हेमन्त प्रकाश वली ।