२०८३ मङ्सिर ९ गते मङ्गलवार

बंगलाचुलीमा जेसिबी दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

दाङ, मंसिर २ । दाङमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।


दुर्घटनामा परि घोराही उपमहानगरपालिका वडा नं. १० का २२ बर्षीय चालक सुनिल सुनारको घटनास्थलमै मृत्यु भएको हो ।


बिहीबार बिहान साढे ४ बजेतिर बंगलाचुली गाउँपालिकाले निर्माण गर्न थालेको सडक खन्ने क्रममा ना १ क ९१४ नम्बरको जेसिबी सडकदेखि झन्डै दुई सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।


गाउँपालिकाले बिहीबार जिल्लाका पत्रकारहरु संग बार्षिक समिक्षा तथा मिडिया सम्मेलन आयोजना गरेको हुँदा पत्रकारका लागि वनभोजको पनि आयोजना गरेको थियो ।


नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्वमा पत्रकारहरुलाई बंगलाचुली गाउँपालिकाले निम्ता गरेको थियो । त्यसैका लागि बस कार्यक्रम स्थलसम्म पु¥याउन एका बिहानै चार बजेतिर नै जेसिबीलाई बाटो खन्न लगाइएको थियो ।

बंगलाचुली गाउँपालिका वडा नं. ५ को कार्यक्रम आयोजना गरेको स्थल लेक तर्फ जाने बाटो खन्ने क्रममा सवा चार बजेतिर जेसिबी दुर्घटनामा परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।


बाटो खन्दै गरेको जेसिबी दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएपछि बंगलाचुली गाउँपालिकाले पत्रकारलाई बोलाएर बार्षिक समिक्षा गर्ने र वनभोज खुवाउने कार्यक्रम स्थगित भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *