तुलसीपुर,कात्तिक २९ । दाङमा एकै महिनामा ४४ जना जुवाडे प्रक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९को कात्तिक महिनामा मात्रै ४४ जना जुवाडे प्रक्राउ परेका हुन ।
उनीहरुको साथबाट नौ लाख बढी राजश्व संकलन भएको छ ।
प्रक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बाट १२ जना, वडा नं. ८ बाट ७ जना, वडा नं. ६ बाट ५ जना र घोराही १८ बाट २० जना गरि ४४ जना जुवाडे प्रक्राउ परेका हुन ।
उनीहरुको साथबाट ९ लाख २ हजार १ सय ६१ रुपैंया नगद बरामद गरिएको प्रहरी प्रबक्ता डिएसपी रिजालले फरककोणलाई बताए ।
त्यस्तै असोज महिनामा घोराही १४ बाट १२ जुवाडे प्रक्राउ परेका थिए । उनीहरुको साथबाट नगद १ लाख ३५ हजार बरामद गरिएको थियो ।
त्यस्तै चार महिनाको अवधिमा ७० जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कारबाही गर्दा १२ लाख बढी राजश्व संकलन भएको छ ।
गत साउनदेखि कात्तिक तेस्रो सातासम्म ७० जुवाडे प्रक्राउ परेका दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
उनीहरुलाई कारबाही गर्दा १२ लाख ३८ हजार १ सय ७१ रुपंैया राजश्व संकलन भएको छ । कार्यालयका अनुसार साउन महिनामा घोराही १३ बाट १० जुवाडे प्रक्राउ परेका थिए ।
उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैया बरामद गरिएको थियो भने भदौ महिनामा घोराही १० बाट ४ जुवाडे प्रक्राउ गरेका थिए ।
उनीहरुको साथबाट नगद ७८ हजार ५ सय रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।
चाडपर्वमा मात्रै बढी भएपछि पेशेबर जवाडेहरुले रमाइलो गर्ने भन्दा ठूलो रकम जित हार हुने गरि जुवा खेल्ने क्रम बढ्दै गएको पाइएको प्रहरीले बताएको छ ।