२०८१ जेष्ठ ४ गते शुक्रवार

पहिरो जाँदा प्यूठान भालुबाङ सडक खण्ड अबरुद्ध

प्यूठान,कात्तिक २८ । प्यूठान भालबाङ सडक खण्ड अबरुद्ध भएको छ । लगातारको बर्षाको कारण पहिरो जाँदा गयराति देखि सडक अबरुद्व भएको हो।

प्यूठान भालुबाङ सडक खण्ड अन्तर्गतको गर्जेनी , अधेंरी, खहरेखोला,प्यारपाटा लगायतको बिभिन्न ठाउँमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

सरुमारानी गाउपालिकाको बड्डाडा देखि प्यूठान तर्फका करिब आधा दर्जन बढी ठाउँमा पहिरो गएको छ ।

सडक अबरुद्ध हुदा जिल्ला भित्रने र बाहिरिने गाडीहरु बिचबाटोमै रोकिएका छन। यहाँ पानी पर्ने बित्तिकै पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने गरेको छ । पछिल्लो समय मुख्य सडकसंग जोडेर खनिएका शाखा सडकबाट पानी पर्नासाथ ढुङगा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ।
अहिले पहिरो पन्छाउने कार्य भइरहेको प्यूठान प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *