२०८२ चैत्र ३ गते मङ्गलवार

रोल्पा पिकअप दुर्घटना ः मृतक ३ जनाको पहिचान खुल्यो

दाङ,कात्तिक २८ । रोल्पामा पिकअप जीप दुर्घटनामा मृतक तिन जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा जिप चालक ५१ वर्षीय रुद्र घर्ति,५३ वर्षीय टेक बहादुर पुन र ४७ वर्षीय चौसरा बिक रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले फरककोणलाई जानकारी दिए ।

माडी गाउँपालिका वडा नं. ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुबाहाक पिक अप जीप आइतवार आज बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो ।

डिएसपी सुबेदीका अनुसार दुर्घटनामा तिन जना घाइते भएका छन । घाइते हुनेमा २१ वर्षीय बिना घर्ति मगर,१८ वर्षीय लिला पुनमगर र ६१ वर्षीय पञ्चना विक रहेका छन ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल रोल्पामा लगिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *