२०८१ जेष्ठ ४ गते शुक्रवार

रोल्पामा पिक अप दुर्घटना ः ३ जनाको घटनास्थलमै मृत्यु, थप ३ घाइतेको उपचार जारी

दाङ, कात्तिक २८ । रोल्पामा आइतबार बिहान ११ बजेतिर पिक अप जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।


थप तीन जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले यो खवर तयार पर्दासम्म मृतकको पहिचान भइ नसकेको फरककोणलाई बताए ।


जीपमा ६ यात्रु भएको आशंका भइरहेको सुबेदीले जानकारी दिए । प्रहरीले दुर्घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।


माडी गाउँपालिका वडा नं. ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुबाहाक पिक अप जीप बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुली सकेको छैन ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *