२०८२ चैत्र १ गते आइतवार

तुलसीपुरका ३ बर्षीय बालकको कुलोमा डुबेर मृत्यु

तुलसीपुर, कात्तिक २८ । तुलसीपुरमा तीन बर्षीय बालकको कुलोमा डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का कमल डाँगीका तीन बर्षीय छोरा कब्यान्सन डाँगीको तुलसीपुर १२ कौवापुरको कुलोमा डुबेर मृत्यु भएको छ ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याललका अनुसार आमा संगै पुर्खेउली घरमा पुगेका बालक खेल्दै कुलोमा पसेपछि ह्यिुमपाईपमा अड्केर मृत्यु भएको हो ।


शनिबार दिउँसो ३ बजेतिर बालककी आमा स्थानीय मिलमा धान कुटाउन गएको समयमा ३ बर्षीय कब्यान्सनले खेल्ने क्रममा कुलोमा हाम फालेको र ह्यिुम पाइपमा मृत अवस्थामा फेला परेको भन्ने सुचना प्राप्त भएको डिएसपी अर्यालले जानकारी दिए ।


‘ कब्यान्सनले कुलोमा हाम फोलेपछि संगै रहेका अन्य बालकले पनि त्यो देखेर आमालाई मिलामा बोलाउन गएछन्,’ डिएसपी अर्यालले भने ‘आमा तत्काल आएर खोजी गर्दा छोराको मृत्यु भइसकेको रहेछ ।’


बालकको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको डिएसपी अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *