२०८२ चैत्र २ गते सोमवार

रुपन्देहीमा एक फर्निचर उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँभन्दा बढीकाे क्षति

रुपन्देही,कात्तिक २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको एक फर्निचर उद्योगमा आगो लाग्दा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेका अनुसार पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्समा आगो लाग्दा उद्योग र सोरुममा रहेको सबै फर्निचर जलेर नष्ट भएको हो ।

हिजो बेलुका ६ बजेदेखि लागेको आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

प्रवक्ता थापाले दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकेपछि डोजर लगाएर भवन नै भत्काउनु परेको बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *