२०८२ चैत्र ३ गते मङ्गलवार

दाङमा बिहीवारदेखि दोस्रो चरण जनगणना, ८ सय गणक परिचालन


तुलसीपुर,कात्तिक २४ । दाङमा राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरणको तयारी पूरा भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको १२औं जनगणनाको दोस्रो चरणको सम्पुर्ण तयारी पूरा भएको जिल्ला जनगणना तथ्यांक कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले फरककोणलाई जानकारी दिए ।
जिल्लाका दश वटै पालिकामा बिहीबारदेखि मंसिर ९ गतेसम्म दोस्रो चरणको गणना हुने उनले बताए ।
गणकहरु नागरिकको घर–घरमा पुगेर प्रश्नावली अनुसार तथ्यांक संकलन गर्ने छन । जसका लागि जिल्ला भर ८ सय ४ जना गणक परिचालन गरिएको पोखरेलले जानकारी दिए ।
गणकलाई तथ्यांक संकलन बारे यसअघि नै तालिम प्रदान गरि सकिएको छ । यसअघि पहिलो चरणमा सुपरीवेक्षकले नागरिकको समान्य तथांक संकलन गरेका थिए ।
अब दास्रो चरणमा गणकले पूर्ण विवरण सहितको तथ्यांक संकलन गर्ने छन ।
जिल्लाका गणक तथा सुपरीवेक्षकहरुको समन्वय र सहजिकरणका लागि स्थानीय जनगणना अधिकारी समेत खटाइएको छ ।
जसमा घोराही क्षेत्रमा प्रकास खड्का, तुलसीपुर र दंगीशरणमा बाबुराम न्यौपाने, बबई र शान्तिनगरका लागि गंगाबहादुर घर्ती मगर, लमहीमा क्षेत्रका लागि चित्रबहादुर डाँगी र गढवाका लागि दुर्गाप्रसाद चौधरीलाई तोकिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *