२०८२ चैत्र १ गते आइतवार

काँग्रेस तुलसीपुर नगरले आफ्नो छुट्टै भवन बनाउन थाल्यो

सुरेश हमालले निर्वाचनमा गरेका थिए छुट्टै भवन बनाउने वाचा



तुलसीपुर,कात्तिक २४ ।
नेपाली काँग्रेस तुलसीपुर नगरले आफ्ना लागि छुट्टै भवन निर्माण कार्य थालनी गरेको छ ।


नगर समिति सभापति शुरेस हमालले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित क्षेत्रीय पार्टीको कार्यालयको प्राङगणमा नगर समितिका लागि छुट्टै संरचना निर्माण कार्य बुधबारदेखि थालनी भएको जानकारी दिए ।


सभापति हमालले निर्वाचनको दौरानकै क्रममा नगरका १९ वटै वडाहरुमा आफ्नै भवनहरु निर्माण गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । सोही अनुरुप पहिलो चरणमा तुलसीपुर नगर समितिको लागि क्षेत्रीय पार्टी कार्यालयमा भवन निर्माणको कार्य सुरु भएको फरककोणलाई जानकारी दिए ।


बुधवार बिहान पार्टीका अग्रज नेता कार्यकर्तालाई बोलायर नगर समितिको भवनको सिलन्यास गरिएको हो ।
भवन निर्माण समितिका संयोजक तथा नगर उपभासित बिनिल केसीले भवन निर्माणको काम उद्योगी ब्यबसायी र नेता कार्यकर्ताको सहयोगमा निर्माण गरिने जानकारी दिए ।


‘ हामी हाम्रो भवन आँफै निर्माणमा जुटौं भन्ने अभियानमा केन्द्रित हुन चाहान्छौं,’ केसीले भने ‘ कमलकोटीले जस्तै आपसमा मिलेर सहयोग संकल गरि हामी काँग्रेस नगर समितिको भवन निर्माण गर्ने छौं।’
भवन निर्माणको लागि सबै भन्दा पहिला नगर सभापतिमा निर्वाचित हुनासाथ सभापति सुरेश हमालले ११ हजार एक सय ११ रुपैंया नगर समितिको नाममा पहिलो पटक बैंकको खातामा खोलिएको खातामा जम्मा गरेका निर्माण समितिका संयोग केसीले बताए ।


त्यस्तै तुलसीपुर सिटी हस्पिटलका प्रबन्ध निर्देशक हेमराज बस्नेतले पनि काँग्रेसको नगर समिति भवन निर्माणार्थ ११ हजार एक सय ११ रुपैंया आर्थिक साहेता प्रदान गरि सकेको भवन निर्माण समितिका संयोजक केसीले जानकारी दिए ।


भवन निर्माणको कामलाई तीब्रताका साथ अगाडि बढाउन बिभिन्न क्षेत्रका ब्यक्तिहरुले हातेमालो गर्न चाहेको नगर सचिव सुशील वलीले बताए । ‘कसैले वालुवा सहयोग गर्छौैं भन्नु भएको छ, कसैले इट्टा,’ वलीले भने ‘ केहीले सिमेन्ट र छडपनि सहयोगको आश्वासन दिनु भएको छ ।’


नगर समितिले आफ्नै छुट्टै भवन निर्माण सुरु गरे पछि सबै कार्य समितिका पदाधिकारी तथा काँग्रेसका नेता कार्यकर्तामा उत्साह छाएको नगर समिति प्रबक्ता पूर्ण बिक्रम डाँगीले बताए ।


त्यस्तै अर्का नगर सचिब बिमल पौडेले सबैको साथ समर्थन र माया आपसमा जोडेर भवन निर्माण कार्य पुरा गरेरै छोड्ने दृढता ब्यक्त गरे ।
कति लागतमा र कति तलाको भवन निर्माण हुन्छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । त्यस्तै कहिले सम्म निर्माण गरि सक्ने भन्ने कुरा पनि जानकारी दिइएको छैन ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *