२०८३ भाद्र १२ गते शुक्रवार

बलात्कार मुद्दामा पत्रकार पक्राउ

दाङ, कात्तिक २४ । बलात्कार मुद्दामा रुकुम पूर्वका एक जना पत्रकार पक्राउ परेका छन् । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ८ का २४ बर्षीय सञ्जय नाथ पक्राउ परेका हुन ।


पत्रकार नाथ बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा बलात्कार गरेको अभियोगमा १६ बर्षीया पीडित किशोरीले किटानी जाहेरी दिएपछि पत्रकार नाथ पक्राउ परेका हुन ।


जिल्ला प्रहरी प्रमुख डिएसपी गणेशबहादुर श्रेष्ठले पत्रकार नाथले सोमबार ती किशोरीलाई जंगलमा जवरजस्ती करणी गरेको भनेर प्रहरी पीडित किशोरीले जाहेरी दिएको बताए ।


किशोरीले अभिभावकका साथमा आएर मंगलबार किटानी जाहेरी दिएपछि प्रहरीले पत्रकार नाथलाई पक्राउ गर्नु परेको जनाएको छ ।


पत्रकार नाथलाई थुनामा राखेर अनुसन्धान भइ रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *