कैलाली,कात्तिक २४ । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको हत्या भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टकाअनुसार दुई समूहबीच झडप हुँदा घटना भएको हो । टीकापुरमा रहेको कृषि हाट बजार नजिकै बडुवाललाई तीनरचार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार