२०८२ चैत्र ३ गते मङ्गलवार

बलात्कार मुद्दामा १० बर्ष बढी जेल सजाए तोकेका चौधरी पक्राउ

दाङ, कात्तिक २३ । सामुहिक बलात्कार मुद्दामा दश बर्ष बढी जेल सजाए तोकिएका एक फरार प्रतिबादी पक्राउ परेका छन् ।


जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयाका २८ बर्षीय सुभाश चौधरी फक्राउ परेका छन् ।


चौधरीलाई सामुहिक बलात्कार मुद्दामा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले २०७३ साल भदौ २६ गते दश बर्ष तीन महिना १७ दिनको कैद सजाएको फैसला सुनाएको थियो ।


चौधरी त्यसयता फरार रहँदै आएका थिए । उनलाई कात्तिक १७ गते मसुरीयामै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

प्रहरीले चौधरीलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशमा तोकिएको सजाए भुक्तानी गर्नका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता रिजालले जाकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *