२०८३ मङ्सिर ९ गते मङ्गलवार

बस ब्यबसायी भरतनाथ योगीलाई अदालतले २० बर्षपछि न्याए दियो

दाङ,कात्तिक २३ । यातायाता ब्यबसायी भरतनाथ योगीलाई सर्बोच्च अदालतले २० बर्ष पछि न्याय दिएको छ ।

तत्काललिन राप्ती सार्वजनिक बस ब्यबसायी समिति केन्द्रीय कार्यालय तुलसीपुर दाङ र हालको त्रिशिद्धेस्वरी राप्ती यातायात प्रालिका संरक्षक भरतनाथ योगीका बसहरु २०५८ साल मंसिर ८ गतेपछि पछि नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।

तत्कालिन सशस्त्र बिद्रोही शक्ति नेकपा माओबादीले २०५८ साल मंसिर ८ गते घोराहीस्थित नेपाली सेनाको रिपुमर्दन गणमा आक्रमण गरेपछि योगीका दुई बस नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । त्यसपछि नेपाली सेनाले योगीका बसहरु झन्डै साढे दुई बर्षसम्म आफ्नै नियन्त्रणमा राखेर प्रयोग गरेको थियो ।

मंसिर ८ गते रातिको आक्रमण पछि माओबादीले योगीका दुई बस प्रयोग गरेका थिए ।

नेपाली सेनाका हातहतियार, बन्दोबस्तीका सामान र घाइतेलाई ओसार्न योगीका दुईवटा बसहरु प्रयोग गरेको तथा बिद्रोही शक्तिलाई सघाएको आरोप लगाउँदै नेपाली सेनाले योगीका दुई बस नियन्त्रणमा लिएको थियो ।

आफ्नो निजी सम्पत्ति नेपाली सेनाले आफ्नो कब्जामा राखेर प्रयोग गरेपनि क्षतिपुर्ति नदिएको भन्दै योगी सर्बौैच्च अदालत पुगेका थिए ।

सोही निबेदनमाथि फैसला गर्दै सर्बौच्च अदालतले योगीलाई क्षतिपुर्ति बाफतको रकम १ करोड ४ लाख ९७ हजार ८ सय ६६ रुपैंया उपलब्ध गगराउन सिफारीस गर्नका लागि जिल्ला प्रसासन कार्यालय दाङको नाममा र रकम उपलब्ध गराउन सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ ।

फैसला आफ्नो पक्षमा आएपछि योगीले आँफुले ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिएका छन् । यसअघि योगीले क्षतिपुर्ति उपलब्ध गराउन माग गर्दै धेरै पटक राज्यलाई आग्रह गरेको उनले बताए ।

यो बीचमा नेकपा माओबादी धेरै पटक सरकारमा सामेल भएको र उनीहरुलाई समेत क्षतिपुर्ति उपलब्ध गराइदिन धेरै आग्रह गर्दापनि कुनै सुनुवाई नभएको हुँदा आफु अदालत जान बाध्य भएको योगीले बताए ।

योगीको पक्षबाट दाङकै अधिबक्ता डा. भिमार्जुन आचार्यले बहस गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *