काठमाडौं,कात्तिक २३ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित मुद्दाको सुनुवाइका लागि मंगलबार आफूसहितको १० वटा इजलास गठन गरेका छन्।
सो इजलासमा २९८ मुद्दाको पेशी तोकेको छ। प्रधानन्यायाधीशले यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेशी तोक्दै आएका थिए। मंगलबार भने अन्य नियमित प्रकृतिका मुद्दाहरुको पेशी चढाएका हुन्।
प्रधानन्यायाधीशले आफू नेतृत्वको एकल इजलास पनि तोकेका छन्। नियमतस् न्यायाधीशहरुले नियमित मुद्दाको सुनुवाइ गर्नुपर्ने हुन्छ। तर, प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका न्यायाधीशहरु भने इजलासमा बस्नेरनबस्ने टुंगो छैन।
करिब दुई हप्तादेखि नियमित इजलास बस्न सकेको छैन। सर्वोच्चकै न्यायाधीशहरु आन्दोलित भएपछि इजलास प्रभावित हुँदै आएको हो। यता नेपाल बार एसोसिएनले पनि आफ्नो आन्दोलनका कार्यक्रम अघि बढाएको छ।
मंगलबार पनि बारले कालो पट्टीसहितको विरोध कार्यक्रम गरेको छ।