२०८१ बैशाख २० गते बिहिवार

स्कुटर दुर्घटनाका घाइते युवाको घरमै मृत्यु

तुलसीपुर, कात्तिक १५ । तुलसीपुरका एक जना स्कुटर दुर्घटनाका घाइते युवाको घरमै मृत्यु भएको छ ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २३ बर्षीय मधुसुदन चौधरी आइतबार दिउँसो साढे १ बजेतिर स्थानीय भूँयारथानबाट दुधरास जाने क्रममा रा ४ प ४९७३ नम्बरको स्कुटर दूर्घनामा परि घाइते भएका थिए ।


घाइते चौधरीलाई उद्धार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दिउँसो उपचारका लागि ल्याइएको थियो ।


प्रहरीका अनुसार उपचार पछि चौधरी बोल्न सक्ने भएपनि अस्पतालले थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज लैजान भनेर रेफर गरेको थियो ।


तर, घर परिवारले त्यहाँ नलगी घरमै लगेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले चौधरीका घर परिवारले कोहलपुर लैजान पायनक नपर्ने भन्दै उनलाई घरमै लगेको भन्ने खुल्न आएको जानकारी दिए ।

‘ हाम्रो मान्छे सामान्ने छ , हामी बाँके हैन घर लैजान्छौं भनेर घर परिवारले घाइतेलाई घरमै लगेर राख्नु भएको रहेछ र उहाँको राति घरमै मृत्यु भएको रहेछ,’ डिएसपी अर्यालले भने ।

चौधरीको घरमै गएराति घरमै मृत्यु भएपनि प्रहरीलाई सोमबार मात्रै जानकारी दिइएको डिएसपी अर्यालले बताए । चौधरीले मापसे गरि स्कुटर चलाएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *