२०८२ चैत्र ३ गते मङ्गलवार

प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर कानुन व्यवसायीको आन्दोलन

काठमाण्डौ,कात्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएशनले आजदेखि आन्दोलन सुरु गरेको छ ।

आज पहिलो दिन कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

बारको नेतृत्वमा उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा विरोध गरेका हुन् । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको र राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग राखेको छ ।

बार एसोसिएशनले अस्ति शुक्रवार आन्दोलनका कार्यक्रम घोषणा गरी प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिनको समयसीमा दिएको छ ।

आउँदो बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *