
काठमाडौँ,कात्तिक १२ । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ ।
बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।
न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।
सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरूबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।
प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
