२०८२ चैत्र ३ गते मङ्गलवार

प्रतिनिधिसभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित

काठमाण्डौ,कात्तिक ११ । प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ।

एमालेका सांसदहरुले बिहीबार पनि सदन अवरुद्ध गरेको थियो। सभामुख अग्नीप्रसाद सापकोटाले संसदको अवरोध हटाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी दल एमालेले अस्वीकार गर्दै आएको छ।

कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद अवरोध गर्दै आएको छ।

अवरोधका बीच सभामुख सापकोटाले संसदमा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *