२०७८ बैशाख ४ गते शनिवार

लमही खानेपानीको निर्वाचन, केहीबेरमा मतगनणा


देउखुरी, २१ पुस ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मतदान कार्य शनिबार सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुकी ४ बजे सकिएको हो । नेतृत्व चयनका लागि दुई हजार दुइ सय २४ मत खसेको निर्बाचन मण्डलका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिएका छन् । संस्थामा तीन हजार ४० जना मतदाता रहेको जनाइएको छ ।

संस्थाको नयाँ नेतृत्वको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा डण्डीराम चौधरी र नेपाली काँग्रेस, राष्ट्रिय जनर्मार्चा, बिप्लव निकट नेकपा र वैद्य नेतृत्वको समर्थनमा बिष्णु बेल्वासे नेतृत्वका लागि प्रतिष्पर्धामा रहेका छन् ।

नेकपाले समर्थनमा रहेको डण्डीराम चौधरी प्यानलमा उपाध्यक्षमा गंगा पाण्डे, सचिब सनमकुमार पौडेल, कोषाध्यक्ष हिमन्तप्रसाद पाण्डे, महिला सदस्यहरु श्यामकला पोख्रेल भुसाल, सीतादेवी शाही, खुल्ला सदस्यहरुमा बिष्णु गिरी, बासुदेव गौतम र ऋषिराज रावत सदस्य पदका लागि प्रतिष्पर्धामा रहेका छन् ।

यस्तै बिष्णु बेल्वासे नेतृत्वको प्यानलबाट उपाध्यक्षमा लिला शाह, सचिव ताराप्रसाद खनाल, कोषाध्यक्ष जंगबहादुर चौधरी, महिला सदस्यहरुमा बबिता केसी, कृष्णा थापा, खुला सदस्यहरुमा नारायणप्रसाद गौतम, जोगमान खड्का र पदमप्रसाद गोराथोकी प्रतिष्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २०७५ पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *