२०८३ भाद्र १२ गते शुक्रवार

युवाको व्यक्तित्व र नेतृत्व विकासमा जेसिजको भूमिका

तुलसीपुर जेसीजको साप्ताहिक कार्यक्रम सुरु

तुलसीपुर,कात्तिक ८ ।तुलसीपुर नगर जेसिजको साताव्यापी कार्यक्रम सुरु भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह २०७८ को उद्घाटन गरिएको हो ।

तुलसीपुरका मेयर घनश्याम पाण्डेले कार्यक्रमको उद्घाटन गरेका हुन । उनले कार्यक्रमलाई सम्बोधन गर्दै जेसिजका अभियानलाई गाउँ गाउँ सम्म लैजानुपर्ने बताए ।

थुप्रै युवाले जेसिजको माध्यमबाट समाज परिवर्तनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै उनले नयाँ पुस्तालाई पनि यस क्षेत्रमा समावेश गराउनु पर्ने जोड दिए ।


उनले नगर जेसिज भवन मार्गलाई ब्यबस्थित गर्न उपमहानगरपालिका सहयोग गर्ने प्रतिबद्दता जाहेर गरे ।

तुलसीपुर नगर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी नेत्रलाल भट्राई (नारायण) को अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष जेसी झरेन्द्र खरेलले जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बताए ।

‘समाजमा जेसिजलाइ हेर्ने दृष्टि फरक छ र यस संस्थाको पहिचान नै भिन्दै छ,’ उनले भने, ‘त्यसैले आगामी दिनमा जनस्तरलाई प्रभाव पार्ने गरी जेसिजका अभियानलाई अगाडि बढाउन जरुरी छ ।’

तुलसीपुर नगरका जेसिजका पूर्व अध्यक्ष जेसी मेघराज घिमिरेले संस्था स्थापनादेखि विभिन्न सामाजिक क्षेत्रमा कामहरू गर्दै आएको र त्यो छबि कायम राख्न आग्रह गरे ।

कार्यक्रममा त्रिभुननगर नगर जेसिजका पूर्व अध्यक्ष गोपाल रावत, अहिलेका अध्यक्ष मुकेश शर्मा, दाङ महिला जेसिजका अध्यक्ष ममता विष्ट, तुलसीपुर ७ का वडाध्यक्ष टोपबहादुर केसी, तुलसीपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, राष्ट्रिय अपाङ्ग महासंघ दाङका अध्यक्ष देवा डाँगी, ईश्वरीप्रसाद गैरे, पत्रकार गोपाल शर्मा भट्राई लगाएतले तुलसीपुर जेसिजले समाजमा गरेका सामाजिक कार्यहरुको प्रसंसा गरेका थिए ।


वर्ष २०२१ का कार्यकारी उपाध्यक्ष तथा कार्यक्रमका मुल संयोजक जेसी कमलप्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वर्ष २०२१ का महासचिव जेसी दामोदर न्यौपानेले गरेका थिए ।

साता ब्यापी कार्यक्रम के के हुँदैछन् ?

नगर जेसिजको साताव्यापी कार्यक्रम अन्गर्तत पहिलो दिन रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा अपाङ्ग समाज सुधार केन्द्र दाङलाई नगद ७ हजार रकम हस्तान्तरण गरिएको छ ।

तुलसीपुर ७ घर भइ हाल अस्ट्रेलिया बस्ने कमल भन्डारीले उक्त रकम सहयोग गरेका हुन । साताव्यापी कार्यक्रम अन्तरर्गत कात्तिक ९ गते मावि बालापुरमा ‘फष्ट एड इन स्कुल’ कार्यक्रम राखिएको छ ।


त्यस्तै क्रमश अरनीको मैदानमा ‘स्लो बाइक रेस’ प्रतियोगिता, तुलसीपुर उद्योग वाणिज्य सघंमा ‘इन्ट्रयाक्सन उइथ आइआरडी’ कार्यक्रम गरिने जेसिज वर्ष २०२१ का प्रवक्ता जेसी पुर्ण बिक्रम डाँगीले जानकारी दिए ।

त्यस्तै अस्वारामा रहेको मेट्रो अस्पतालमा कोरोना महामारीमा बालबालिकालाई कसरी बचाउने भन्ने बारेमा कार्यक्रम गरिने भएको छ ।

अरनिको मैदानमा मिनि म्याराथुन र दंगीशरणको चखौरामा वातावरणिय संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *