
तुलसीपुर, कात्तिक ६ । नेकपा ९एमाले०ले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।
पार्टीको १०औं महाधिबेशन अन्तरगत शनिबार पदम पोखरेल वडा नं. ५ को वडाध्यक्षमा चुनएिका छन् । पोखरेलको नेतृत्वमा आगामी ५ बर्षको लागि ४१ सदस्य वडा कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
जस्को उपाध्यक्षमा टीकाराम सुनार, सचिवमा युवराज नेपाली, सहसचिवमा लालमति भण्डारी र मनोज बसनेत र आर्थिक बिभाग प्रमुखमा टेकबहादुर डाँगी रहेको नव निर्वाचित वडाध्यक्ष पोखरेलले फरककोणलाई बताए ।
वडाध्यक्ष पोखरेलले सबैलाई समेटेर संगठन चुस्त दुरुस्त बनाएर अगाडि बढ्ने जनकारी दिए ।
तस्बिर – पदम पोखरेल
प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार