२०८३ असार २८ गते आइतवार

साझा सहमतिमा एमसिसी पास हुन्छ: परराष्ट्र मन्त्री

काठमाडौँ,कात्तिक ६ । परराष्ट्र मन्त्री नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिए।

मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा ९प्याकेज० मा निर्णय गरिने बताए।

उनले प्रदेश नं १ र बागमतीमा आधारआधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिए।

मन्त्री खड्काले नेपाली कांग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसिसी पास हुने बताए।

मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यानुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताए।

एक प्रश्नको जवाफमा उनले ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने बताए।

उनले बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोबाट निधन भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बाली तथा पशुपंक्षी क्षतिको तथ्यांक संकलनपश्चात थप राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *