२०८२ चैत्र २ गते सोमवार

पीडित किसानलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन माग

तुलसीपुर, कात्तिक ५ । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाले अविरल बर्षातले पु¥याएको क्षतिमा किसानलाई उचित क्षतिपुर्ति उपलव्ध गराउन माग गरेको छ ।


बर्षातका कारण हजारौं किसानले लगाएको धानवालीमा ठूलो क्षति पुगेकोमा दुःख व्यक्त गर्दै कांग्रेसले क्षतिको विवरण संकलन गरि उचित क्षतिपुर्तिको व्यवस्था गर्न सरकार संग माग गरेको छ ।


तुलसीपुर नगरसभापति सुरेश हमालले शुक्रबार बिज्ञप्ति प्रकासित गरि पीडित किसानको हौसला बढाउन तीनै तहका सरकार संग क्षतिपुर्ति उपलब्ध गराउन माग गरेका छन् ।

केहिदिन देखि परेको अविरल बर्षाका कारण खेतमै काटेको धानबाली भित्र्याउने समयमा चौपट भएपछि किसाने ठूलो नोक्सानी बेहोर्नु परेको भन्दै नगर सभापति हमालले त्यस्तो माग गरेका छन् ।


किसानको पीडामा साथ दिन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरिएको छ ।


बिज्ञप्तिमा असारको दुःख बिर्सिएर मंसिरमा रमाउने किसानका खुसीहरु प्रकृतिले लुटेको समयमा तत्काल क्षतिपुर्ति र राहत प्याकेज ल्याउन तीनै तहका सरकारसंग माग गरिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *