२०८३ भाद्र ११ गते बिहिवार

आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने

काठमाण्डौ,कात्तिक ५ । देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

आज केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

उनका अनुसार प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, राति देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने छ ।

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने उनले बताए ।

यस्तै, भोलि पनि गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *