२०७८ साउन २० गते बुधवार

प्रदेश सरकारले प्रतिष्ठानलाई बजेट दिने

घोराही, २० पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा प्रदेश नं. ५ को सरकारमा आएको रकम निकासा गरिने भएको छ । प्रदेशले बजेट नदिएको आरोप लगाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीबाट चर्को शुल्क असुल गर्न थालेपछि प्रदेस सरकारले प्रदेश सरकारकामा आएको रकम निकासा दिनका लागि मुख्यमन्त्रीले निर्देशन दिएका छन ।

मुख्यमन्त्री शंकर पोखरेलका स्वकिय सचिव सरोज रेग्मीले दिएको जानकारी अनुसार प्रदेश सरकारमा आएको बजेट प्रक्रिया पुराएर अविलम्व निकासा दिनका लागि मुख्यमन्त्रीले निर्देशन दिएका छन । मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव डा. तिर्थराज ढकाल र आर्थिक मामला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमलाई प्रतिष्ठानको नाममा आएको रकम अविलम्व निकासा दिन निर्देशन दिएका छन  ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यहि पुसको १७ गते देखि लागु हुनेगरी नाम दर्ता र अन्य शुल्कमा चर्को बृद्धि गरेको छ । सुत्केरीलाई दिइने रकम समेत प्रदेश आएको बताइरहदा मुख्यमन्त्रीले प्रदेशमा आएको रकम निकासाका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइन्छ ।

प्रकाशित मिति : २०७५ पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *