२०८३ भाद्र १२ गते शुक्रवार

प्यूठानमा बाढीले आमा र २ बर्षे छोरासहित ६ बर्षीया बालिकालाई बगायो

दाङ, कात्तिक ३ । कार्किकमा अबिरल बर्षासंगै स्थानीय खोलामा आएको बाढीका कारण प्यूठानमा आमा छोरासहित तीन जना बगेका छन् ।

आमाको शव फेला परेको छ भने उनका दूई बर्र्षीय छोरा र अर्की एक ६ बर्षीय बालिकाको अवस्था यो खवर तयार पर्दासम्म अज्ञात नै रहेको छ ।


जिल्लाको माण्डबी गाउँपालिका वडा नं. ४ आँपचौरका २८ वर्षीया देवीसरा खत्री कार्कीको स्थानीय अरङखोलामा आएको बाढीले बुधबार बिहान पौने ८ बजेतिर बगाउँदा मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लका अनुसार देवीसराको शव माण्डवी गाउँपालिका वडा नं.२ मा फेला परेको फेला परेको थियो ।

उनी संगै खोला तर्ने क्रममा बगेका कार्कीका दूई बर्षीय छोरा दिनेश कार्की र स्थानीय मधु अधिकारीका ८ बर्षीया छोरी अनुष्का अधिकारी फेला पर्न सकेका छैनन् ।


डिएसपी मल्लले उनीहरुको खोजी कार्य जारी रहेको जानकारी दिए । लगातार बर्षाका कारण खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *