२०८२ चैत्र १ गते आइतवार

स्कार्पियोको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु, अर्का घाइते

दाङ, कार्तिक १ । नेपालगंजमा स्कारपियोले ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ भने अर्का घाइते छन् ।

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालको बा १४ च १३८७ नम्वरको स्कारपियोको ठक्करबाट साईकलमा सवार नेपालगंज उपमहानगरपालिका वडा नं. १७ का ४२ वर्षीय अर्जमान इद्रिसीको मृत्यु भएको छ ।

स्कार्पियोको ठक्करबाट सोही ठाउँकै साईकल चालक २५ वर्षीय सलमान इद्रिसी घाइते भएका छन् । घाइतेको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार आइतबार बेलुका साढे आठ बजेतिर स्कारपियोले गणेशमान चोकमा साइकलमा सावर दूई ब्यक्तिलाई ठक्कर दिएको थियो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालकले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *