२०८१ बैशाख ८ गते शनिवार

राष्ट्रिय फुटबल टिमका हरेक खेलाडीलाई सकारले ५ लाख पुरस्कार दिने

काठमाडौं, कात्तिक १ । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
साफ च्याम्पियनसिप २०२१ को उपविजेता नेपाली फुटबल टिम स्वदेश फर्किएकै दिन सरकारले यस्तो घोषणा गरेको हो ।

सोमबारको मन्त्रि परिषद्को बैठकले खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सरकारले प्रशिक्षकहरूलाई जनही तीन लाख रुपैंया उपलब्ध गराइने निर्णय गरेको छ । नेपाली टिमले माल्दिभ्समा शनिबार भएको साफ च्याम्पियनसिप खेलेमा भारत संग ३ का बिरुद्ध ० गोल अन्तरले पराजित हुँदै उपबिजेतामा बित्त बुझाउन बाध्य भएको थियो ।

तर नेपाल साफको फाइनलमा पहिलो पटक पुग्न सफल भएको थियो । नेपालले यो सहित ८ संस्करणमा भारतसंग पराजय बेहोरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *