२०८३ असोज २४ गते शनिवार

काटेको धान बालिमा अबिरल बर्षाले ठूलो क्षति

किसान चिन्तित्

तस्विर ः कमला वली।

तुलसीपुर, कात्तिक १ । दाङ जिल्लाको बिभिन्न स्थानमा काटेको धानबालिमा आइतबारदेखिको अबिरल बर्षाका कारण ठूलो क्षति पुगेको छ ।


किसानले काटेर घरमा भित्र्याउने तयारी अवस्थाको धान अबिरल बर्षाका कारण खेतमै डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।

खेतमा पानी जमेपछि काटेको धान काम नलाग्ने गरि बिग्रिएको र त्यसले ठूलो क्षति पुगेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का रामबहादुर चौधरीले बताए ।


उनले केही स्थानमा काटेको धानबाली बाढीले बगाएको जानकारी समेत दिए ।

तस्बिर – केबी चौधरी


जिल्ला कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्र पौडेलले पनि काटेको धानबालिमा अबिरल बर्षाका कारण ठूलो क्षति पुगेको बताए । तर, क्षतिको बिवरण भने प्राप्त भइ नसकेको उनले बताए ।


जिल्लाका दश वटै पालिकाका कृषि इकाइहरुमा बर्षाले धानबालिमा पुगेको क्षतिको बिवरण संकलन गर्न आग्रह गरिएको भएपनि बर्षा जारी रहेका कारण क्षतिको बिवरण कतैबाट पनि आइ नसकेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।


यो बर्ष दाङ जिल्लामा कुल ३९ हजार हेक्टरमा धानखेति भएको र त्यसमध्य दसैं अगाडि सम्म झन्डै २० प्रतिसत धान काटेको अनुमान भइरहेको केन्द्रका सूचना अधिकारी पौडेलले बताए ।

‘अहिले नै रकममा यति नै क्षति भयो भन्न सक्ने अवस्था छैन,’ पौडेलले भने ‘ जिल्लाका सबै पालिकाहरुबाट बिवरण संकलन भएपछि हामी क्षतिको बिवरण सार्वजनिक गर्ने छौं।’


आइतबारदेखिको लगातारको बर्षाले खेतमा काटेर छोडेको र घरमा भित्र्याउने तयारी अवस्थाको धानबालिमा ठूलो क्षति पुगेपछि किसान चिन्तित बनेका छन् ।

तस्विर ः कमला वली।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *