२०८३ भाद्र १० गते बुधवार

नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते

काठमाण्डौ,कात्तिक १ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा यात्रुबहाक बस दुर्घटना भएको छ।

आज भएको दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये १० को अवस्था गम्भीर छ।

घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको हो।

उक्त बसको छतमासमेत यात्रु राखिएको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *