२०८३ भाद्र १० गते बुधवार

लोकसेवा आयोगलाई गाली गरेपछि एक युवक परे कालोसूचीमा

नकपुरधाम,असोज ३१ । प्रदेश–२ को लोकसेवा आयोगले एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेका छन् ।

महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखिएको लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार आयोगको गत असोज ६ गतेको निर्णय अनुसार झालाई एक बर्षका लागि कालोसूचीमा राख्ने निर्णय भएको हो । यो अवधीमा झालाई कुनै पनि लिखित परीक्षामा समावेश नगराउने निर्णय भएको अध्यक्ष यादवले बताए।

कर्मचारी भर्नाका निम्ति आयोगले विज्ञापन आह्वान गरेपछि झाले अनलाइन मार्फत् आवेदन दिएका थिए । तर, उनको केहि कागजात अपुग भएकाले आयोग कर्मचारीले इमेल मार्फत् ती कागजात माग गरेका थिए । तर झाले गालीगलौज गर्दै इमेल पठाएको अध्यक्ष यादवको भनाइ छ। ‘हामीले चाहेको भए प्रहरीमा पनि उजुरी दिन सक्थ्यौं’ यादवले भने, ‘तर एक बर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेका हौं ।’

अध्यक्ष यादवका अनुसार झालाई फोन गर्दा पनि यस्तै कुरा गरेका थिए । ‘हामीले ५ बर्षसम्म पनि कालोसूचीमा राख्न सक्थ्यौं’ उनले भने, ‘तर, नयाँ युवक भएकाले एक बर्षका लागि मात्रै कालोसूचीमा राखिएको हो ।’

लोकसेवा आयोग अत्यन्तै संवेदनशिल भएकोले यसको गरिमा कायम राख्नुपर्ने अध्यक्ष यादवको भनाइ छ ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *