तुलसीपुर, असोज ३० । दशैंको दिन मदिरा सेवन गरि सवारी चालाउने झन्डै ५० जना भन्दा बढी पक्राउ परेका छन् ।
तुलसीपुर क्षेत्रबाट १३ जना, घोराहीबाट ३४ र लमही क्षेत्रबाट ७ जना जति मापसे गरि सवारी चलाउनेहरु पक्राउ परेका छन् ।
जसमध्य अधिकाँस मोटरसाईकल चालक रहेको प्रहरीले जनाएको छ ।
मापसे गरि चलाउने केही कार चालकलाई पनि नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
दशैंको दिन केही सामान्ने दूर्घटनाहरु भएको एसपी काफ्लेले बताए ।
‘दशैंको शान्त पूर्ण बितेको छ,’ एसपी काफ्लेले भने ‘प्रहरीले पनि पूर्व तयारीसहित उच्च साबधानी अपनाएको थियो र सर्वसाधारण नागरिक पनि सजग र सचेतता पूर्वक दशैं मनाएको पाइयो ।’
एसपी काफ्लेका अनुसार यस पटक दशैंको समयमा जिल्लामा चोरी तथा अन्य कुनैपनि अपराधिक घटना भएको हालसम्म सूचना नआएको जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार