२०८१ बैशाख ६ गते बिहिवार

लमहीमा बसको ठक्करबाट ४ बर्षे बालकको मृत्यु

तुलसीपुर, असोज २६ । यात्रु बहाक बसको ठक्करबाट लमहीमा चार बर्षे बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ३ बनगाँड नजिक यात्रु बहाक बसले ठक्कर दिदा राप्ती गाउँपालिका ४ का ४ बर्षे र्दुगाप्रसाद चौधरीको मृत्यु भएको छ ।

खेतमा घान काट्न गएकी आमा संगै गएका बालक खेल्दै बाटोमा पुगेको र उनलाई मंगलबार दिउँसो ना ७ ख ३१७९ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

बसले दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट घाइते बालकलाई लमही अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको एसपी काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *