दाङ, असोज २६ । मुगुमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ।
सुर्खेतबाट मुगुका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा हुँदा २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । घटनास्थलमै १६ पुरूष, ७ महिला र १ बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा २४ जनाको मृत्यु भएको थियो भने थप चार जनाको उपचारका लागि नेपालगञ्ज लैंजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
सुर्खेतबाट छुटेको उक्त बस मुगुको छायानाथ रारा नगरपालिका वडा नं. ७ पिनाटपाने खोलामा दुर्घटना हुँदा चालकसहित २८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते मध्ये थप १५ जनालाई थप उपचारका समिट एअर र नेपाली सेनाको हेलिकप्टर मार्फत बाँके लगिएको प्रहरीले जानकारी दिएको छ । घाइते मध्य एक जना सामान्ने अवस्थाकी बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले बताएको छ ।
बसमा करिब ५० जना जति यात्रु सवार रहेको प्रहरीले बताएको छ । यसैबीच तीन जनाले बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
दूर्घटना स्थल भन्दा केही पर मात्रै थप २ जना ओर्लिएको पनि प्रहरीले जानकारी दिएको छ । दूर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।