२०८३ मङ्सिर ९ गते मङ्गलवार

उत्सर्ग सिर्जना पुरस्कार सञ्चारकर्मी एवं गीतकार प्रियासनलाई

दाङ,असोज २५ । उत्सर्ग फिल्मस् नेपालले सञ्चारकर्मी एवं गीतकार सविन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

कला, सञ्चार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रूपान्तरणमा विशिष्ट योगदान पु¥याएकाले प्रियासनलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताए ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं सञ्चार क्षेत्रमा क्रियाशील छन् ।

रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास, सपनाभित्रको सपना ९कथा संग्रह० र सम्पादकीय ९लेख संग्रह० गरी साहित्यकार प्रियासनका १२ वटा कृति प्रकाशित छन् ।

दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्माता हुन । । उनका ७ वटा गीतहरू रेकर्ड भएका छन् । प्रियासन गत वर्ष जनसेवा पदकबाट विभूषित भएका थिए ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *