काठमाण्डौ,असोज २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अघि बिहान राजीनामा बुझाएका थिए । उनको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
राजीनामा पछि हमालले आफूले कसैको दबाब र आग्रहमा नभइ स्वविवेकले राजीनामा दिएको बताए ।
उहाँको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । उहाँले अस्ति शुक्रवार मात्रै पदभार ग्रहण गर्नु भएको थियो ।
प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार