
तुलसीपुर, असोज २४ । घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरबाट १२ जुवाडे पक्राउ परेका छन् ।
स्थानीय श्यामलाल चौधरीको घरमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले शनिबार बिहान एक बजे छापा मार्दा दूई लाख सात हजार बढी रकमसहित १२ जुवाडे पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा घोराही ९ का ४१ बर्षीय पुस्कर केसी, ४१ बर्षकै कमल चौधरी, ५५ बर्षीय होमबहादुर केसी, ५८ बर्षीय मनबीर चौधरी, ५५ बर्षकै दूर्गाबहादुर घर्ती, ५८ कै चिल्लु चौधरी, ३१ बर्षीय कालिचरण चौधरी, ५४ बर्षीय गिरबहादुर कार्की, ४९ बर्षीय कुमार केसी, ३३ बर्षीय गोबिन्द डिसी, २५ बर्षीय कर्णबहादुर बिश्वकर्मा, ३४ बर्षीय बिष्णु चौधरी र २० बर्षीय सन्दिप चौधरी रहेको डिएसपी रिजालले फरककोणलाई जानकारी दिए ।
चौधरीको घरमा अबैध रुपमा जुवा भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायव निरिक्षक प्रदीप खनालको कमाण्डमा पुगेको दश जनाको प्रहरी टोलीले मध्य रातमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई आइतबार थप अनुसन्धानका लागि म्याद थप्न लगिने भएको छ ।